सरकारले गत भदौ २५ गतेभित्र तिर्नुपर्ने कर विवरण र राजस्व तिर्ने अवधि एक महिना थप गरेको छ ।
अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गते भएको देशव्यापी आन्दोलनका कारण देशमा कर्फ्यू तथा निषेधाज्ञा लागू भएकोले उक्त अवधिमा कार्यालयहरु बन्द भएको र करदाताले पेश गर्नुपर्ने विवरण तथा कर रकम दाखिला गर्न असुविधा भएकोले सो कुरालाई ध्यानमा राख्दै भदौ २५ गतेसम्म पेश गर्नुपर्ने साउन मसान्तसम्मको मासिक मूल्य अभिवृद्धि दर, अन्तः शुल्क, अग्रिम करकट्टी, शिक्षा सेवा र विलासिता शुल्कको विवरण तथा कर रकम असोज २५ गतेसम्म दाखिला गर्न सकिने बताएको छ ।
भदौ ३१ गते बसेको नेपाल सरकार (अर्थमन्त्रीस्तरबाट) सो निर्णय भएको हो । थप गरिएको अवधिभित्र विवरण तथा विवरण बमोजिमको कर दाखिला गरेमा कुनै विलम्ब शुल्क, शुल्क ब्याज, थप दस्तुर वा जरिवाना नलाग्ने पनि अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
विज्ञप्ति :