श्रीलंकामा आजदेखि सुरु भएको साफ यू-१७ पुरुष च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल विजयी भएको छ । सोमबार नेपालले उद्घाटन खेलमा घरेलु टोली श्रीलंकालाई २-० ले पराजित गरेको हो ।
नेपाललाई श्रीलंकाको कोलोम्बो सहरस्थित रेशकोर्स रंगशालामा जित दिलाउन समिर कुमार एक्लैले दुई गोल गरे । खेलको ५२औं मिनेटमा समिरले नेपाललाई अग्रता दिलाए । खेलको इन्जुरी समयमा सविनले दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । त्यसअघि २९औं मिनेटमा श्रीलंकाका महोम्मद इफ्हामले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो ।
जितसँगै समूह ‘ए’मा रहेको नेपालले तालिकामा पहिलो तीन अंक जोडेको छ । अब नेपालले दोस्रो तीन अंकको निम्ति आगामी सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ । प्रतियोगिता आगामी सेप्टेम्बर २७ सम्म हुनेछ ।