‘लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुनसक्छ’

Yangle News
Yangle News
२०८२ भदौ २५ गते
‘लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुनसक्छ’

राष्ट्रिय मानव अधिकार आयोगले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने भन्‍दै कोही कसैले पनि हिंसात्मक कार्य नगर्न/नगराउन सबैमा आग्रह गरेको छ ।

बुधबार आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै देशका विभिन्न शहरहरूमा भएको दुई दिनको प्रदर्शनपश्चात लागेको निषेधाज्ञाको समयमा समग्र मानव अधिकारको स्थिति एवम् मृतकका परिवार र घाइतेहरूको अवस्था बुझ्ने कार्यमा आयोग निरन्तर लागिरहेको बताएको हो । आयोगका प्रवक्ता डा.टीकारम पोखरेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ,’लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्दछ भन्ने कुरामा आयोग दृढ छ । अतः जनताका हक अधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै वर्तमान अन्यौलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनुपर्दछ ।’

आयोगले आगामी दिनमा यस प्रकारका घटना हुने छैनन् भन्ने कुरामा विश्वस्त हुँदै कोही कसैले पनि हिंसात्मक कार्य नगर्न/नगराउन सबैमा आह्वान समेत गरेको छ । लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्नेमा आयोग दृढ रहेको समेत जारी विज्ञप्तिमा उल्लेख छ । जनताका हक अधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै वर्तमान अन्यौलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनुपर्नेमा आयोगले जोड दिएको छ ।

संकटको यस घडीमा स्थितिलाई सामान्य बनाउन राज्यका सबै निकाय र आम नागरिकको सकारात्मक र सक्रिय भूमिका आवश्यक भएकाले सम्बद्ध सबैले आआफ्नो भूमिका निर्वाह गर्न आयोगले सम्बद्ध सबैलाई आग्रहसमेत गरेको छ ।

विज्ञप्ति :

Yangle News