एमाले विधान महाधिवेशन : कर्ण थापाको फरक मतमा के छ ? (पूर्णपाठ)

Yangle News
Yangle News
२०८२ भदौ २१ गते
एमाले विधान महाधिवेशन : कर्ण थापाको फरक मतमा के छ ? (पूर्णपाठ)

नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा अहिले समूहगत छलफल चलिरहेको छ । समूहगत छलफलअघि स्थायी कमिटी सदस्य कर्ण थापालाई फरक मत राख्न दिने कार्यसूची थियो ।

यसमा अध्यक्ष केपी शर्मा ओली पनि सहमत नै थिए । तर आज अन्तिम समयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक्ने पार्टीको निर्णयमाथि असहमतिसहित फरक मत राख्न रोक लगाइयो । आफूले थापासँग वान टू वान कुरा गर्दा समेत सहमत नभएको ओलीको भनाइ थियो । आज फरक मत राख्न तयार भएका थापा आधा घण्टासम्म उभिएर त्यसै फकाइयो ।

थापाले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने, ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउनेलगायतको विषय समेटिएको ३२ पृष्ठ लामो फरक ३ दिनअघि च्यासलमा पेस गरेका थिए । उनले प्रस्तावमा भनिएको छ, ‘मैले हाम्रो पार्टीको प्रथम विधान महाधिवेशनदेखि हालसम्म पार्टीभित्र देखिएका मूलभूत समस्या र लिइएका निर्णय तथा ती निर्णयले पारेको र पार्न सक्ने असर तथा गर्नु पर्ने महत्त्वपूर्ण कार्यको बारेमा आफ्ना विचारहरू प्रस्तुत गरेको छु । नेपाली समाजका समस्याको समाधान गर्नसक्ने विचार जनताको बहुदलीय जनवाद हो । यो विचारलाई अगुवाइ गरी जनताको विश्वास प्राप्त गर्नसक्ने पार्टी हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले) नै भएकोले यसलाई अझ बलियो, एकताबद्ध, सशक्ते बनाउनको लागि प्रस्तुत विचारले योगदान गर्न सक्नेछ भन्ने मेरो दृढ विश्वास रहेको छ ।’

खुला, हार्दिक र व्यापक छलफल र बहसबाट सही विचार निर्माण हुने र सबै प्रकारका समस्याको समाधान गर्न सकिने भएकाले आफूले फरक मत राख्न खोजेको उनको भनाइ छ । ‘जबजको विचारलाई दह्रो गरी फक्रौं । व्यवहारमा यसको कार्यान्वयन गरौँ । यसको रक्षा र संवर्धनमा सबैले योगदान गरौं । जबजको मार्गदर्शनमा नेपाली विशेषताको समाजवाद निर्माणको लागि अग्रसर होऔं! नेपाली समाजमा मार्क्सवाद–लेनिनवादको सिर्जनात्मक प्रयोग र जनताको बहुदलीय जनवादको कार्यान्वयन त्यसको पक्षमा दृढतापूर्वक उभिँदै पार्टीलाई निश्चित विधि, पद्धति, मूल्य-मान्यता र राष्ट्र र जनताको सर्वोपरी हितमा सञ्चालन गरेर मात्र हुनसक्छ भन्ने सच्चाइलाई सबैले आत्मसात गरौँ’, थापाको फरक मतमा उल्लेख छ ।

बिहीबार साँझको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि भण्डारीको पक्षमा फरक मत राखेका थिए । उनलाई उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पनि साथ दिएका छन् ।

पूर्णपाठ :