प्रहरी प्रमुख खापुङलाई दर्ज्यानी चिह्न प्रदान

Yangle News
Yangle News
२०८२ भदौ १९ गते
प्रहरी प्रमुख खापुङलाई दर्ज्यानी चिह्न प्रदान

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बिहीबार गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले खापुङलाई आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

यही भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । दर्ज्यानी चिह्न सुशोभन कार्यक्रममा नवनियुक्त आईजीपी खापुङले देश र संगठनका लागि आफू समर्पित हुने बताए । उनले सकेको राम्रो गर्ने, तर नराम्रो नगर्ने उल्लेख गरे ।

प्रहरीमा रहेर संगठनको हित विपरीतको कार्य गर्नेलाई दबाब र प्रभावमा संरक्षण नभइ कारबाहीको दायरमा ल्याएर अन्यलाई सबक सिकाउन सके संगठनको मान कायम रहने उनको भनाइ छ । खापुङ २०५२ कात्तिक ७ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए ।