पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३, जलुवाटोलमा बस र माइक्रोबस ठोक्किँदा तीन जनाको ज्यान गएको छ । १७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको सनाखत हुन बाँकी छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।
काँकडभिट्टाबाट दिक्तेलतर्फ गइरहेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस बिहान एक आपसमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घाइतेहरुको धरानका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।