संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले आज सभामुख देवराज घिमिरेसमक्ष प्रतिवेदन बुझाएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा समितिका संयोजक जीवन परियारले सभामुखलाई सो प्रतिवेदन बुझाएका हुन् ।
सोमबार रातभर सिंहदरबारमा बसेर समितिले तयार गरेको थियो । समितिले आजको प्रतिनिधिसभा बैठकमा पेस गर्ने निर्णय गरेको थियो । समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको हो ।
निजामती सेवा विधेयकलाई राज्य व्यवस्था समितिबाट प्रतिनिधिसभामा पठाउँदा अवकाशप्राप्त निजामती कर्मचारीको ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्थामा छेडखानी भएको थियो । सोही विषयमा छानबिन गर्न प्रतिनिधिसभाले गत असार २३ गते उच्चस्तरीय छानबिन विशेष समिति गठन गरेको थियो । समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेपाल कम्यनिष्ट पार्टी (एमाले)बाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीाबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहेका छन् ।
उक्त प्रकरणमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, समिति सचिव सुरजकुमार दुरासहितलाई जिम्मेवार ठहर्याएको छ । समितिले सभापति खतिवडालाई नैतिक रुपमा जिम्मेवार रहेको किटान गरेको छ । तर उता सभापति खतिवडाले आफू सुरूदेखि नै कुलिङ पिरियडको पक्षमा रहेको बताएका छन् । हिजो पनि र भोलि पनि आफू कुलिङ पिरियडको पक्षमा उभिने बताउँदै उनले छेडखानीमा नैतिक जिम्मेवारी लिने बताएका छन् ।
पूर्णपाठ: