नेपालका रविन्द्र बने म्याट्रिक्स फाइट नाइट च्याम्पियन

Yangle News
Yangle News
२०८२ साउन १८ गते
नेपालका रविन्द्र बने म्याट्रिक्स फाइट नाइट च्याम्पियन

नेपालका रविन्द्र ढाँटले म्याट्रिक फाइटनाइट १७ (एमएफएन १७ ) को उपाधि जितेका छन् । भारतमा भएको प्रतियोगितामा भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गर्दै नेपालका ढाँट बान्टमवेट च्याम्पियन बनेका हुन् ।

नेपालबाट एमएफएनको च्याम्पियन बन्ने ढाँट पहिलो नेपाली फाइटर हुन् । आक्रमक फाइटिङ रेस्लिङको नामले प्रसिद्ध मिक्स मार्सल आर्ट्(एमएमए) मा ढाँटले तेस्रो राउन्डमा भारतका कोरियनलाई पराजित गर्दै उपाधि जितेका हुन् ।

रेफ्रीले तेस्रो राउन्डमा ढाँटले प्रहार गरेको लगातारको प्रहारले कोरेन संकटमा परेपछि रेफ्रीले फाइट रोक्दै रविन्द्रलाई टिकेओद्वारा विजेता घोषित गरेका हुन् । यो जितसँगै रविन्द्रको प्रफेसनल रेकर्ड ८-१ पुगेको छ ।

उनले भारतीय च्याम्पियन रहेका कोरेनको लगातारको पाँच पटकको विजेता जर्नीमा रविन्द्रले पुर्णविराम लगाइदिएका हुन् ।