एनआइसी एसिया बैंकका ग्राहकलाई भक्तपुर इन्टरनेसनल हस्पिटलमा विशेष छुट

Yangle News
Yangle News
२०८२ साउन ७ गते
एनआइसी एसिया बैंकका ग्राहकलाई भक्तपुर इन्टरनेसनल हस्पिटलमा विशेष छुट

एनआइसी एसिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच बैंकका ग्राहकको स्वास्थ्य उपचारमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ ।

सम्झौतासँगै अब यस बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाको उपभोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।

यस बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सशक्त रूपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्यअनुरुप भक्तपुर इन्टरनेसनल हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरूको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।