मदन पुरस्कारका लागि ७ पुस्तक सूचीमा

Yangle News
Yangle News
२०८२ साउन ६ गते
मदन पुरस्कारका लागि ७ पुस्तक सूचीमा

मदन पुरस्कार गुठीले २०८१ सालको मदन पुरस्कारका लागि छनोट भएका श्रेष्ठ पुस्तकहरूको सूची आज सार्वजनिक गरेको छ ।

गुठीले आज एक विज्ञप्ति जारी गरी पुरस्कारका लागि २ सय ९९ पुस्तक प्राप्त भएकामा त्यसमध्येबाट सात पुस्तकको सूची सार्वजनिक गरेको जनाएको छ ।

सूचीमा परेका पुस्तकहरूमा छुदेन काविमोको ‘उरमाल’, रमेश भुसालको ‘छालबाटो : कैलाशदेखि गङ्गासम्म’, कुमारी लामाको ‘दर्ज्यु संलाप’, मनप्रसाद सुब्बाको ‘पञ्चतत्वको पालाम’, श्रेयज सुवेदीको ‘बहुरुपी’, सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह (नेपालको भोट-चीन सम्बन्ध र भारत)’ र तीर्थ गुरुङको ‘हिउँको गीत’ परेका छन् ।

गुठीका अध्यक्ष कुन्द दीक्षितले ती सात कृतिमध्ये छानिएको एक कृतिलाई २०८१ सालको मदन पुरस्कार प्रदान गरिने जानकारी गराएका छन् । उक्त पुरस्कारको राशि चार लाख रहेको छ ।