नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल निश्चित

Yangle News
Yangle News
२०८२ साउन २ गते
नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल निश्चित

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल निश्चित भएको छ । बंगलादेश राष्ट्रिय फुटबल टोलीले आगामी सेप्टेम्बरमा नेपालसँग दुईवटा फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने निश्चित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

अब नेपालले ६ र ९ सेप्टेम्बर २०२५ ९ (२१ र २४ भदौ)मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने छ । फिफा वरीयतामा नेपाल १७६ र बंगलादेश १८४औं स्थानमा छ । उक्त खेललाई एएफसी र फिफाबाट समेत स्वीकृति प्राप्त भइसकेको एन्फाले जनाएको छ ।

एन्फाले केही सञ्चारमाध्यममा बिना आधार नकारात्मक समाचार सम्प्रेषण भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका विषयमा समेत काल्पनिक समाचार प्रकाशित भएको र त्यसले खेलप्रेमीहरुको भावनामा चोट पुर्‍याएको एन्फाले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

विज्ञप्ति :

Yangle News