सरकारले बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति बनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझाको योग्यताबारे छानबिन गर्न समिति बनाएको हो ।
उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन भएको एक मन्त्रीले जानकारी दिए । उक्त समितिमा बिमा विज्ञ कपिल ओली र एकजना अर्थशास्त्री छन् ।
बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ अनुसार उनी स्वतः निलम्बनमा परेका हुन् । ‘अध्यक्ष वा कुनै सदस्यको हकमा उपदाफ (२) बमोजिम छानबिन समिति गठन भएपछि छानबिनको अवधि समाप्त नभएसम्म त्यस्तो व्यक्ति स्वतः निलम्बन हुनेछ,’ बीमा ऐनमा भनिएको छ ।
सरकारले गत फागुन १२ गते ओझालाई बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।