ग्लोबल आइएमई समुन्नत योजना-२ म्युचुअल फण्डको सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला

Yangle News
Yangle News
२०८२ असार २२ गते
ग्लोबल आइएमई समुन्नत योजना-२ म्युचुअल फण्डको सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला

ग्लोबल आइएमई समुन्नत योजना-२ म्युचुअल फण्ड आइतबारदेखि संघसंस्था तथा सर्वसाधारणका लागि सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला भएको छ ।

उक्त म्युचुयल फण्डको प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरको १२ करोड इकाई मध्य न्यूनतम बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई मध्य योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई १.५ प्रतिशत वा १८ लाख इकाई तथा कोष प्रवर्द्धक कम्पनी ग्लोबल आइएमई बैक लिमिटेडका लागि १३.५० प्रतिशत वा एक करोड ६२ लाख इकाई बीज पुँजीको रूपमा रहने जनाइएको छ ।

बाँकी न्यूनतम १० करोड २० लाख इकाईका लागि विभिन्न संघ संस्था/सर्वसाधारणका लागि सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला भएको हो । यस योजनामा संघ संस्था तथा सर्वसाधारणले न्यूनतम एक सय इकाई र अधिकतम एक करोड २० लाख इकाईको आवेदन दिन सक्ने जनाइएको छ ।