कक्षा १२ को परीक्षा सर्‍यो

Yangle News
Yangle News
२०८२ बैशाख ९ गते
कक्षा १२ को परीक्षा सर्‍यो

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूर्वनिर्धारित परीक्षा सार्ने जनाएको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले परीक्षा सार्ने निर्णय गरेको हो ।

यही वैशाख ११ गते हुने भनिएको परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिएका छन् ।

उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसाग सल्लाह गरेर परीक्षा सारिएको हो । उनले भने, ‘शिक्षक महासंघसँग पनि अनुरोध गरेका थियौं । कतिपय विद्यार्थी परीक्षा केन्द्रमा जान नसकेको पनि जानकारी भयो ।’ मंगलबार प्रधानमन्त्री ओलीले बोर्डका पदाधिकारीलाई बालुवाटारमा बोलाएर परीक्षाको मिति सार्न निर्देशन दिएका थिए ।

परीक्षा तालिका भने भोलि (बुधबार) मात्रै सार्वजनिक हुने अध्यक्ष शर्माले बताए । ‘वैशाख ११ का लागि तय भएको कक्षा १२ को परीक्षा यही वैशाख २१ गतेदेखि गर्ने बोर्डको निर्णय भएको छ । परीक्षाको तालिका भोलि मात्रै सार्वजनिक गर्छौ,’ उनले भने ।