राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षणमा ४८ खेलाडी

Yangle News
Yangle News
२०८२ बैशाख १४ गते
राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षणमा ४८ खेलाडी

राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षण अर्को साता सुरु हुने भएको भएको छ ।

एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोट चरणका लागि बैशाख २१ गते (मे ४ ) देखि बन्द प्रशिक्षण सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षणका लागि प्रारम्भिक टोलीमा ४८ खेलाडीको नाम घोषणा गरेका छन् ।

छनोट प्रतियोगिताको तयारीस्वरूप नेपालले थाइल्याण्डसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्ने बताइएको छ । पहिलो खेल मे ३० मा बन्द प्रशिक्षणमैत्री खेलको रुपमा हुनेछ भने दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल जुन २ मा हुनेछ । दुवै खेल थाइल्याण्डको बैंककमा हुनेछन् । छनोट प्रतियोगिताको समूह ‘एफ’मा नेपाल लाओस, श्रीलंका र उज्बेकिस्तानसँग छन् ।

प्रारम्भिक टोली :

गोलरक्षक – अञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, कोपिला खड्का, लिला जोशी, सवित्रा किशन, उषा नाथ ।

रक्षक – अमृता जैसी, विमला विक., गीता राना, मनमाया दमाई, निशा ठोकर, पूजा राना, प्रतिक्षा चौधरी, सविना चौधरी, सजनी ठोकर, समीक्षा घिमिरे, सेमी हाङमा लिम्बु पन्धाक, यशोदा शाही ।

मिडफिल्डर – अनिता बस्नेत, अञ्जली चन्द, विमला चौधरी, बिर्सना चौधरी, हेमा चौधरी, हेमा रावत, कुसुम खतिवडा, प्रीति राई, रेनुका नगरकोटी, सविता राना मगर, सहारा लिम्बु, सम्झना लावती, सरस्वती हमाल, सरु लिम्बु, सेनु परियार, सुखरिया सुक्लुकु, सुक्रिया मिया, सुषमा तामाङ, तुल्सा बोहरा ।

फरवार्ड – अनिता केसी, अनिता लम्जेल, चन्द्र भण्डारी, जेनिफर मगर, ममता पुन, मिना देउवा, पूर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, सावित्रा भण्डारी, समीक्षा राई ।