नीर शाहको निर्देशनमा निर्माण भएको चलचित्र ‘कमला मिस’को प्रदर्शन मिति घोषणा गरिएको छ । उक्त चलचित्र आगामी साउन २२ गतेदेखि प्रदर्शन हुने भएको छ ।
मनोवैज्ञानिक कथावस्तुमा आधारित यस चलचित्रमा निर्देशक नीर शाहसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगरलगायतको अभिनय रहेको छ । विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन् । लाइन प्रोड्युसर पुष्कर लामा रहेका छन् ।
चलचित्रको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद नीर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका छन् । चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।