मनसुनको एक महिना अवधिमा ३१ जनाको मृत्यु, ११२ घाइते

Yangle News
Yangle News
२०८२ असार १८ गते
मनसुनको एक महिना अवधिमा ३१ जनाको मृत्यु, ११२ घाइते

गत जेठ १५ देखि यही असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन् । ती घटनामा ३१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा पहिरोका ८७ घटनामा २५ घरमा आंशिक र ११ घरमा पूर्णक्षति भएको छ । समीक्षा अवधिमा एउटा पुल, सातवटा गोठ र १४ चौपाया मरेका छन् । पहिरोबाट रु दुई करोड २१ लाख बराबरको क्षति भएको छ । यसैगरी, बाढीका ६४ घटनामा चार जनाको मृत्यु भएको तथा चार जना नै घाइते भएका छन् । बाढीबाट १२३ परिवार प्रभावित भएका छन्। चार वटा घरमा क्षति भएको छ ।

चट्याङका ८२ वटा घटनामा आठ जनाको मृत्यु भएको, २० जना घाइते भएका छन् । हुरीका ४५ घटनामा एक जनाको मृत्यु भएको तथा तीन जना घाइते भएका छन् । विपद्का घटनामा रु २६ करोडको आर्थिक क्षति भएको छ ।