चल्यो वीर अस्पताल अगाडिका औषधि पसलमा महानगरको डोजर

Yangle News
Yangle News
२०७९ अशोज ६ गते
चल्यो वीर अस्पताल अगाडिका औषधि पसलमा महानगरको डोजर

काठमाण्डौ। काठमाण्डौ महानगरपालिकाले वीर अस्पताल अघिका औषधि पसलमा डोजर लगाएर अनाधिकृत संरचना हटाएको छ।

अनधिकृत संरचना हटाउन आजसम्म समय दिए पनि नहटाइएकोले डोजर चलाउनुपरेको महानगरले जनाएको छ। बिहीबार दिउँसो २ बजे डोजरसहित वीर अस्पताल पुगेको महानगर प्रहरीको टोलीले अस्पतालअघिका पुराना टहरमा डोजर चलाएर औषधि पसल हटाएको हो ।

अहिले जुन ठाउँमा ‌औषधि पसल राखिएको छ त्यो ठाउँमा पार्क भनेर नक्सामा उल्लेख गरिए ता पनि ती जग्गामा फार्मेसी चलाएको पाइएकोले हटाइएको महानगरपालिकाले जानकारी दिएको छ ।