जिल्ला अदालत काठमाडौंले बिजमाण्डू र नेपालखबर डटकम अनलाइनमा प्रकाशित समाचारका विषयमा गरेको अल्पकालीन अन्तरिम आदेशका विषयमा गम्भीर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघसहित विभिन्न पत्रकार संघ/संगठनले जनाएका छन् ।
नेपाल पत्रकार महासंघले आदेश प्रेस स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मूल्यमान्यता, नेपालको संविधान-२०७२ को व्यवस्था र मर्म विपरीत भएको उल्लेख गरेको छ । न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले हिजो नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दर्ता गरेको रिट निवेदनउपर सुनुवाइ गर्दै निवेदकलाई क्षति र सुविधा सन्तुलनसमेतको दृष्टिकोणबाट विपक्षीलाई आफ्नो वेबसाइट, अनलाइन वा अन्य माध्यमबाट तथ्यहीन समाचार प्रकाशन/प्रसारण नगर्नु/नगराउनु तथा प्रकाशित भएका समाचार अनलाइनबाट हटाउनु भनी अल्पकालीन अन्तरिम आदेश दिएको देखिएको महासंघले जनाएको छ ।
प्रकाशित/प्रसारित समाचारका विषयमा चित्त नबुझेको अवस्थामा पीडितको उजुरी लिने र त्यसविरुद्ध कारबाही गर्ने प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारको विषय भएको महासंघका महासचिव रामप्रसाद दाहालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको छ । प्रहरीको साइबर ब्युरोमा पाठकविरुद्ध उजुरी परेको र अदालतले पक्राउ गर्न अनुमति दिएको हो ।
विज्ञप्ति: