संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ । आइतबार पक्राउ परेका सबै रिहा भइसकेकाले जेठ १९ गतेलाई तोकिएको बन्दको कार्यक्रम फिर्ता लिइएको हो ।
‘जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरु रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिइएको जानकारी गराइन्छ’समितिका संयोजक नवराज सुवेदीले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ ।
राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको माग राखेर संयुक्त जनआन्दोलन समिति आन्दोलनरत छ ।