राष्ट्रपति रनिङ शिल्ड जेठ अन्तिममा

Yangle News
Yangle News
२०८२ जेष्ठ १२ गते
राष्ट्रपति रनिङ शिल्ड जेठ अन्तिममा

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औ संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिले हालै गरेको निर्णय अनुसार प्रतियोगिताको तयारी सुरु भएको छ । प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने भएकाले निमन्त्रणका लागि युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।

समितिको आइतबार बसेको बैठकले प्रतियोगिता उद्घाटन र सन्चालन सम्बन्धमा सम्बन्धित खेल संघ र मुख्य प्रशिक्षकलाई जिम्मेवारी दिइएको छ । रनिङ शिल्डमा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु खेल समावेश छ ।

प्रत्येक प्रदेशबाट समान ४९ छात्रा/छात्र गरी ९८ जना खेलाडी हुनेछन् । प्रतियोगितामा कूल ६ सय ८६ खेलाडी सहभागी हुनेछन् । एथलेटिक्स र उसु दशरथ रंगशाला, कराते र तेक्वान्दो सातदोवाटो र कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सञ्चालन हुनेछन् ।