पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

Yangle News
Yangle News
२०८२ जेष्ठ १० गते
पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पूर्व-पश्चिम राजमार्गको दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ ।

बर्दघाट नगरपालिका-४ को खुर्सानीखोलानजिकै सडक भासिएपछि यातायात अवरूद्ध भएको हो । केहि दिन अगाडी मात्रै कालोपत्रे गरिएको सडक उप्किको छ भने सडकको करिव ८ मिटर भाग भासिएको छ ।

पानी रोकिएकाले अहिले सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए । उनका अनुसार सडक अवरुद्ध हुँदा बर्दघाट र दुम्किबासमा सवारीहरू रोकिएका छन् । सयौंको संख्यामा यात्रुहरु अलपत्रमा परेका छन् ।

त्यसैगरी, हेटौंडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सडक पनि अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि गएरातिदेखि कान्तिलोकपथ सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत बन्द भएको र अवरुद्ध सडक खुलाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । कान्तिलोकपथ सडक अवरुद्ध रहेकाले हेटौंडा-काठमाडौं आवतजावत गर्न वैकल्पिक सडक प्रयोग गर्न उनले आग्रह गरे ।