यस साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत बढेर बन्द भएको छ । गत साता २६२३.८३ विन्दुमा बन्द भएको नेप्से, यस साता १.४४ प्रतिशत अर्थात ३७.८१ अंक बढेर २६६१.६४ विन्दुमा पुगेको छ ।
यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये ३ कारोबार दिन नेप्से घटेको थियो भने २ कारोबार दिन बढेर बन्द भएको थियो ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा ९ अर्ब १८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ९ अर्ब ५६ करोडको शेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४.०८ प्रतिशत बढेको हो । यस साता दैनिक औषत शेयर संख्या ०.१२ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १०.३३ प्रतिशत बढेको छ ।
यस साता १३ वटा उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.१३ प्रतिशत बढेको छ । गत साता २३९७.७९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १४६.९८ अंक बढेर २५४४.७७ विन्दुमा पुगेको छ । त्यस्तै, यस साता जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढको छ ।
अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ । गत साता १२ हजार २३१.६२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४१३.५१ अंक बढेर १२ हजार ६४५.१३ विन्दुमा पुगेको छ ।
कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस साता सर्वाधिक १.२६ प्रतिशत घटेको छ । गत साता २३१२.२० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २९.२१ अंक घटेर २२८२.९९ विन्दुमा झरेको छ । अंकका आधारमा भने यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४७.५५ अंक घटेको छ ।
यस साता नेप्सेमा ११ लाख ८४ हजार ६८६.६० कित्ता सूचीकृत भएको छ । यस साता आरएसडिसी लघुवित्त वित्तीय संस्था र नेपाल हाइड्रो डेभलोपर्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।