कक्षा-१२ को परीक्षामा कुन जिल्लाबाट कति सहभागी ?

Yangle News
Yangle News
२०८२ बैशाख २० गते
कक्षा-१२ को परीक्षामा कुन जिल्लाबाट कति सहभागी ?

कक्षा-१२ को वार्षिक परीक्षा यही वैशाख २१ गते (आइतबार)देखि सुरु हुँदै छ । यसअघि वैशाख ११ गतेदेखि परीक्षा हुने तय भए पनि शिक्षक-कर्मचारीको आन्दोलनका कारण सारिएको थियो ।

आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षाका निम्ति कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी रहेका बोर्डले जनाएको छ । यो वर्ष सबैभन्दा कम मनाङबाट कुल ४५ परीक्षार्थी सहभागी हुँदै छन् । सबैभन्दा धेरै काठमाडौंबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुनेछन् । नेपालभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी काठमाडौंमा १६२ र कम मनाङ/मुस्ताङमा एक/एक केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को वार्षिक परीक्षाका विषयमा विभिन्न व्यवस्था गरेको छ । केही कार्य निषेध पनि गरेको छ । कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अरू प्रकृतिको अपांगता भएका परीक्षार्थीका निम्ति यस क्रममा विशेष व्यवस्था गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

यस्तै, कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था मिलाइएको छ । जिल्ला परीक्षा समन्वय समिति वा परीक्षा नियन्त्रकको अनुमतिबिना जोकोहीलाई परीक्षा केन्द्रमा प्रवेश गर्न दिइने छैन ।

परीक्षाको मर्यादा पालना नगरेको अवस्थामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षक तत्काल परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ । ‘विगतका परीक्षाहरूमा परीक्षाको मर्यादा उल्लंघन गरी कारबाहीमा परेका व्यक्तिहरू (परीक्षासम्बन्धी कुनै पनि जिम्मेवारीमा) नियुक्ति भएको पाइएमा जिल्ला परीक्षा समन्वय समितिले फेरबदल गर्न सक्ने व्यवस्था मिलाइएको,’ परीक्षा नियन्त्रक शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्षबाहेक अरू कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण निषेध गरिएको छ । परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक डिभाइस (लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटरबाहेक) लैजान निषेध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘परीक्षाको मर्यादाविपरीत शिक्षक/कर्मचारी/निरीक्षक/ परीक्षाथीहरूबाट मोबाइललगायत प्रतिबन्धित सामग्री लगेको अवस्थामा सर्च/अनुगमन गर्दा नियन्त्रणमा लिएमा उक्त सामाग्रीहरूका सम्बन्धमा शिक्षा ऐन, २०२८ को दफा १७ (१ क) ‘च’ अनुरूप परीक्षाको मर्यादा भंग गरेको ठानिने हुँदा सोबमोजिम कानुनी कारबाही भोग्नुपर्ने व्यहोराको जानकारी गराइएको,’ विज्ञप्तिमा उल्लेख छ । यीबाहेक परीक्षा सम्बन्धित अरू केही व्यवस्था बोर्डले गरेको छ ।

विज्ञप्ति :

Yangle News

Yangle News

Yangle News

Yangle News

Yangle News

Yangle News