प्रशेष पाण्डेले जिते ‘भ्वाइस अफ नेपाल’ को उपाधि

Yangle News
Yangle News
२०८२ बैशाख २० गते
प्रशेष पाण्डेले जिते ‘भ्वाइस अफ नेपाल’ को उपाधि

सांगीतिक रियालिटी टीभी सो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि धादिङका प्रशेष पाण्डेले हात पारेका छन् ।

शुक्रबार बेलुकी आयोजित ‘ग्राण्ड फिनाले’मा टिम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भएका हुन् । कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप भए । कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेण्ड रनर अप भए । कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धा गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनर अप भइन् ।

यससँगै पाण्डेले भ्वाइसबाट २० लाख र अन्य दुई प्रायोजकबाट १-१ लाख रुपैयाँ प्राप्त गरे । विजेताहरूलाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतले पुरस्कार प्रदान गरे ।