ताप्लेजुङबाट एमालेका सचिव योगेश भट्टराई निर्वाचित

Yangle News
Yangle News
२०७९ मंसिर ७ गते
ताप्लेजुङबाट एमालेका सचिव योगेश भट्टराई निर्वाचित

काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतान्तरले पराजित गर्दै भट्टराई विजयी बनेका हुन् ।

भट्टराईले २१ हजार ९४३ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी खेलप्रसादले २१ हजार ७५३ मत पाएका छन् । उनी २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

305 views