मोटरसाइकल चालकलाई कुटपिट गर्ने ट्राफिक प्रहरीमाथि अनुसन्धान सुरु

Yangle News
Yangle News
२०८२ बैशाख ११ गते
मोटरसाइकल चालकलाई कुटपिट गर्ने ट्राफिक प्रहरीमाथि अनुसन्धान सुरु

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकल चालकलाई कुटपिट गर्ने ट्राफिक प्रहरीमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

ट्राफिक प्रहरीले एक जनालाई लात्तैलात्ताले हानेर निर्घात कुटपिट गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सोही भिडियोको सन्दर्भमा कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त घटनामा संलग्न ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान भइरहेको जानकारी दिएको हो ।

उक्त घटना २०८१ मंसिर २३ गते सुन्धाराको आकाशे पुलमुनि भएको पनि कार्यालयले जनाएको छ । ‘प्रारम्भिक अनुसन्धानअनुसार उक्त घटना मिति २०८१ मंसिर २३ गते सुन्धारा आकाशे पुलमुनि भएको र उक्त कार्यमा संलग्न देखिएका ४ जना ट्राफिक प्रहरीहरूलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाको जिम्मेवारीबाट हटाई यस काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाई आवश्यक छानविन तथा अनुसन्धान भइरहेको व्यहोरा जानकारी गराइन्छ,’ कार्यालयले भनेको छ ।

विज्ञप्ति :

Yangle News