यी हुन् सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

Yangle News
Yangle News
२०८२ बैशाख १० गते
यी हुन् सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

सरकारले शिक्षकहरूले राखेका जायज मागहरू पूरा गर्न तयार रहेको जनाएको छ । बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुव्वा गुरुङले शिक्षकको माग सम्बोधन गर्न सरकार तयार रहेको भन्दै शैक्षिक गतिविधिमा सहभागी हुन आग्रहसमेत गरे ।

उनले समयमा नै शैक्षिक गतिविधि अघि नबढे विद्यार्थीहरूको भविष्य बर्बाद हुने भन्दै शिक्षकहरूले आन्दोलन रोक्नुपर्ने बताए । उनले आन्दोलन रोक्न सरकारले शिक्षकहरूलाई आग्रह गरे पनि शिक्षकहरूबाट असहयोग भएको जिकिर गरे ।

त्यस्तै प्रवक्ता गुरुङले कांग्रेस सभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि गभर्नर नियुक्तिको प्रक्रिया अघि बढ्ने जानकारी गराए । उनले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा सम्बन्धमा सरकारलाई जानकारी नभएको उल्लेख गरे ।

त्यस्तै मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय भएको जानकारी दिए । बैठकले चैत्र १५ गते तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जन र सुरेश रजकको परिवारलाई १०-१० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ भने सर्वोच्च अदालत र अन्तर्गतका निकायहरूको मौजुदा संगठन संरचना र दरबन्दी तेरिजमा संशोधन गर्ने निर्णय गरेको छ ।

यसैगरी मन्त्रिपरिषद्ले वैदेशिक सहायता परिचालन नीति,सार्वजनिक खरिद संशोधन नियमावली स्वीकृत गरेको छ भने सार्वजनिक खरिद (चौधो संशोधन) नियमावली-२०८२ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

निर्णयहरू :

Yangle News

Yangle News

Yangle News