महिलामाथि गोली प्रहार

Yangle News
Yangle News
२०८२ बैशाख ६ गते
महिलामाथि गोली प्रहार

बुटवलमा एक महिलामाथि गोली प्रहार भएको छ । आज बिहान बुटवलको बुद्धनगर बस्दै आएकी टीका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो ।

पाल्पा स्थायी घर भएकी विष्टको ढाडमा गोली लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले जानकारी दिए । ‘२८/२९ वर्षीया विष्टको अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ,’ उनले भने, ‘अवस्था मध्यम रहेको खबर आएको छ ।’ बिहान करिब ९ बजे विष्टमाथि गोली प्रहार भएको उनले बताए । कसले गोली हान्यो र किन हान्यो भन्ने खुल्न बाँकी रहेको डीएसपी कार्कीले जानकारी दिए ।

‘मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेको भन्ने छ । तर, कसले र किन हान्यो भन्ने खुल्न बाँकी छ,’ उनले भने, ‘कुन हतियारबाट गोली हानिएको हो अनुसन्धान गर्न बाँकी छ ।’