ग्लोबल आइएमई बैंकद्वारा आश्रमलाई तीन लाख सहयोग

Yangle News
Yangle News
२०८१ चैत्र २९ गते
ग्लोबल आइएमई बैंकद्वारा आश्रमलाई तीन लाख सहयोग

ग्लोबल आइएमई बैंक लिमिटेडले आमाघर सेवा आश्रममा निर्माणाधीन भवनमा सोलार जडानका लागि ३ लाख सहयोग गरेको छ ।

ग्लोबल आइएमई बैंक बाग्मती प्रदेशका डेपुटी प्रदेश प्रमुख दिपेन्द्र कडरियाले शुक्रबार एक कार्यक्रममा आमाघर सेवा आश्रमका अध्यक्ष रामचन्द्र उप्रेती तथा संरक्षक विजयराज सिग्देललाई तीन लाखको चेक हस्तान्तरण गरे ।

कार्यक्रममा आमाघर सेवा आश्रमका अध्यक्ष उप्रेतीले सामाजिक उत्तरदायित्वमा पहल गर्दै ग्लोबल आइएमई बैंकले गरेको सहयोगप्रति खुशि व्यक्त गरे । आमा घर सेवा आश्रमका संरक्षक सिग्देलले बैंकले आश्रममा बस्ने बुढा आमाबुवाहरुलाई अति आवश्यक तातोपानीका लागी सोलार जडानका निमित्त आर्थिक सहयोग प्रदान गरेकोमा धन्यवाद दिए ।

त्यसैगरी डेपुटी प्रदेश प्रमुख कडरियाले बैंक पनि समाजकै अंग भएकोले यस्तै किसिमका सामाजिक उत्तरदायित्व निर्वाहका निमित्त सामाजिक कार्यक्रमहरुमा सहयात्री भई रहने जानकारी दिए ।

कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधि, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका पदाधिकारी, आश्रम ब्यवस्थापन समितिका पदाधिकारी, भवन निर्माण समितिका पदाधिकारी तथा स्थानीयको उपस्थिति रहेको थियो ।