जाजरकोटमा आज लगातार भूकम्पका दुई धक्का मापन गरिएको छ ।
तीन मिनेटको अन्तरमा दुई धक्का मापन गरिएको हो । जाजरकोटको रोकाया गाउँ केन्द्रविन्दु भएर शुक्रबार साँझ ८ बजेर ७ मिनेटमा पहिलो भूकम्प गएको थियो । उक्त भूकम्प ५.२ म्याग्निच्युडको थियो ।
दोस्रो भूकम्प ८ बजेर १० मिनेटमा गएको हो । जाजरकोट जिल्लाको कुशे गाउँपालिका पैंक भन्ने स्थानमा केन्द्रबिन्दु भई ५.५ म्याग्निच्युडको दोश्रो भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
क्षतिको विवरण बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । भूकम्पले कर्णालीका सुर्खेत, दैलेख, कालिकोट लगायतका छिमेकी जिल्ला र सुदूरपश्चिममा समेत धक्का महसुस भएको थियो ।