नेपाल क्रिकेट संघ (क्यान)ले महिला र पुरुषतर्फको वार्षिक कन्ट्रयाक सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको वार्षीक कन्ट्र्याकलाई ६ महिनापछि पुनः मूल्याङ्कन गरिने क्यानले जनाएको छ । क्यानले महिलातर्फ ‘ए’ ‘बी’ ‘सी’ र ‘डी’ ग्रेड मा खेलाडीलाई राखेको छ भने पुरुषतर्फ इमर्जिङ पनि रहेको छ । महिलातर्फ ‘ए’ ‘बी’ ‘सी’ र ‘डी’ क्याटगोरीमा रहेका खेलाडीले क्रमशः ५० हजार, ३५ हजार, २५ हजार र २० हजार रहेको छ । त्यस्तै पुरुषतर्फ ‘ए’ ‘बी’ ‘सी’ र ‘डी’ क्याटगोरीका खेलाडीले क्रमशः १ लाख ७० हजार ५५ हजार र ३५ हजार रहेको छ । इमर्जिङ खेलाडीलाई २५ हजार रहेको छ ।
क्यानको महिलाको ‘ए’ क्याटगोरीमा यो पटक पुजा महतोले स्थान बनाउन सफल भइन् । पूजासँगै इन्दु वर्मा, रुविना चौधरी र सीता राना मगर छन् । पुरुषतर्फ भने रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आसिफ शेखले स्थान बनाएका छन् ।
कुन ग्रेडमा को खेलाडी ?