एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना, चार चिनियाँ नागरिक सहित पाँच जनाको मृत्यु

Yangle News
Yangle News
२०८१ साउन २३ गते
एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना, चार चिनियाँ नागरिक सहित पाँच जनाको मृत्यु

काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ । शिवपुरी गाउँपालिका-७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाले पुष्टि गर्नुभयो ।

सुरक्षाकर्मीको टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको कोइरालाले जानकारी दिए ।  हेलिकप्टर दुर्घटनापछि आगलागी भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए । हेलिकप्टर उडेको तीन मिनेटमै सम्पर्कविहिन भएको थियो ।