ललितपुरको गोदावरीमा हिजो सुरु नेपाली कांग्रेसको महासमिति बैठकमा आज बन्द सत्र चल्यो । बन्द सत्रमा रक्षामन्त्री समेत रहेका पार्टीका उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक र प्रवक्ता प्रकाशशरण महतले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।