अध्यागमन विभागको सेवा टीकाको दिन बाहेक सँधै खुला

Yangle News
Yangle News
२०८० अशोज २९ गते
अध्यागमन विभागको सेवा टीकाको दिन बाहेक सँधै खुला

 

दसैँको टिकाको दिन बाहेक अन्य दिन अध्यागमन विभागको सेवा खुला रहने भएको छ ।

आज एक सूचना जारी गर्दै अध्यागमन विभागले दसैँ–तिहारको छुट्टीको समयमा टिकाको दिनमा मात्र सेवा बन्द रहने र बाँकी दिनहरूमा विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखा खुल्ला रहने जनाएको हो ।

यस्तो सेवा दसैँ तिहारको बिदाका दिनहरूमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दैनिक दुई घण्टा मात्र प्रवाह हुने विभागले जनाएको छ ।

यस्तै विभागले कात्तिक २६ गतेदेखि ३० गतेसम्म चल्ने दीपावलीको अवसरमा समेत २९ गते भाइ टिकाको दिन पूर्ण रूपमा सेवा बन्द हुने र बाँकी बिदाका दिन ११ बजेदेखि १ बजेसम्म २ घण्टा सेवा खुला रहने जनाएको छ ।