तीन दिनमा २६ सयले सस्तियो सुन

Yangle News
Yangle News
२०८० अशोज ११ गते
तीन दिनमा २६ सयले सस्तियो सुन

 

सुनको मूल्य पछिल्लो तीन दिनमा प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको छ । आज प्रतितोला १ हजार ४ सय रुपैयाँ भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुन आज प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार प्रतितोला १ लाख १२ हजार २ सय रहेको सुनको भाउ त्यसयता तीन दिन लगातार घटेको हो । मंगलबार प्रतितोला ४ सय र बुधबार ८ सय रुपैयाँ घटेको थियो ।

नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा १० किलोबाट २० किलो पर्‍याउने निर्णय कार्यान्वयनका लागि परिपत्र जारी गरेको भोलिपल्ट आज भाउ तोलामै १ हजार ४ सय रुपैयाँ घटेको हो ।

यस्तै चाँदी पनि प्रतितोला १५ रुपैयाँले सस्तिएको छ । चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि सुन र चाँदोको भाउ घटिरहेको छ ।