नेपाली कांग्रेसका संखुवासभा सभापति दिपक खड्काले जिल्ला कार्यसमितिको सभापतिबाट राजिनामा दिएका छन् । खड्का २०७८ असोजयता जिल्ला सभापति रहेका थिए । उनी गत मंसिरमा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
जनप्रतिनिधि भएर काम गर्दा केन्द्रमा धेरै समय बिताउनु परेकाले जिल्लाका गतिविधि र संगठन विस्तारमा पर्याप्त समय दिन नसकेको भन्दै उनले राजिनामा दिएका हुन ।
जिल्लाका अन्य साथीहरुबाट सभापति चयन गरी पार्टीको संगठन विस्तार र सुदृढिकरणमा खटाउन उनले पत्र मार्फत पार्टी सभापतिलाई आग्रह गरेका छन् । पदमा नरहे पनि निरन्तर कांग्रेस पार्टी र जनताको काममा कृयाशील रहने उनले प्रतिबद्धता जनाएका छन् ।
(विज्ञप्ति)