साफ अण्डर-१९ फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारत भिड्ने भएका छन् । निर्णायक खेलमा नेपालले सोमवार माल्दिभ्समाथि ४–१ गोलको जित हात पार्दै नकआउट चरणमा पुगेको हो ।
समूह ए को उपविजेता बनेको नेपालको जितमा १८औं मिनेटमा प्रशान्त लक्सम, ३०औं मिनेटमा समिर तामाङ, ८८औं मिनेटमा निराजन धामी र इन्ज्युरी समयमा पुन: समिर तामाङले गोल गरे ।
नेपालका सुजन डंगोल र मालदिभ्सका कप्तान मोहम्म आयन हसनले रेड कार्ड पाएपछि खेलको ३५औं मिनेटमा दुवै टिम १० खेलाडी सीमित भएको थियो । मालदिभ्सका लागि खेलको ५८औं मिनेटमा आदम रसिदले गोल फर्काएका थिए ।
हिजो नै भएको खेलमा भारतले भुटानलाई २–१ ले पराजित गरी लगातार दोस्रो खेल जितेको थियो । यो खेलअघि नै दुवै टोली सेमिफाइनल पुगिसकेको अवस्थामा भुटानसँगको जितले भारतलाई समूह ‘बी’ को विजेता बनायो ।
भुटानले समूह ‘ए’ विजेता पाकिस्तानसँग सेमिफाइनलमा खेल्नेछ । दुवै सेमिफाइनल भोलि हुनेछ ।