स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अधिकृतविरुद्ध ३३ लाख बढीको भ्रष्टाचार मुद्दा

Yangle News
Yangle News
२०८० भदौ २५ गते
स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अधिकृतविरुद्ध ३३ लाख बढीको भ्रष्टाचार मुद्दा

 

सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकृत तेज नारायण साहविरुद्ध ३३ लाख २० हजार २२६ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार प्रतिष्ठानको हातामा सञ्चालनमा रहेका विभिन्न व्यवसायीबाट अधिकार नै नभएको विद्युत महसुल बापत साहले ३३ लाख २० हजार २२६ रुपियाँ सङ्कलन गरिएको छ ।

विद्युत् महसुल सम्बन्धी सर्भरको दुरुपयोग गरी गलत बिल भौचर जारी उक्त रकम प्रतिष्ठानको खातामा जम्मा नगरी सम्पत्ति हिनामिना गरेको देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय र जरिवाना हुन माग दाबी सहित सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

398 views