बङ्गलादेशबाट एकैपटक करिब २ सय जना पर्यटक नेपाल आएका छन् । पहिलोपटक यति धेरै सँख्यामा जहाज चार्टर्ड गरेर नेपाल आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको छ । नेपाल आउने बङ्गलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउन्डह्यान्डलिङ’ गरेको छ । आज र भोलि जहाज चार्टर्ड गरी ७०० बङ्गलादेशी पर्यटक नेपाल आउन लागेकामा आज सो कार्यक्रम अन्तर्र्गत पहिलो समूह त्रिभुवन विमानस्थलमा ओर्लिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सिएन पाण्डेका अनुसार बङ्गलादेशबाट उडानमार्फत नेपाल आउन लागेको यो टोली हालसम्मकै ठूलो हो । बंगलादेशस्थित एकेआइजे ग्रुप अन्तर्गत प्लाष्टिक डिभिजनले ठूलो संख्यामा आफ्ना कर्मचारीलाई एकै पटक नेपाल भ्रमणमा पठाएको हो । देशभरका विभिन्न स्थानमा गरि कम्पनीमा करिव २ लाख मानिस कार्यरत छन् ।