प्रतिनिधिसभा बैठक शुक्रवार पुन: बस्नेगरि स्थगित

Yangle News
Yangle News
२०८० असार २० गते
प्रतिनिधिसभा बैठक शुक्रवार पुन: बस्नेगरि स्थगित

 

प्रतिनिधिसभाको बैठक असार शुक्रवारसम्मका लागि स्थगित गरिएको छ । शुक्रवार दिउँसो ३ बजे पुन: बस्नेगरि बैठक स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।

बुधवार दिउँसो अपराह्न ४ बजेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित गरिएको थियो ।

बैठक सञ्चालनका लागि राजनीतिक दलका प्रमुख सचेतकहरुसहितको बैठकमा सहमति नजुटेपछि सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो । केहीदिन पहिले यातायात व्यवसायी प्रितम सिंहको पुस्तक विमोचनका क्रममा दाहालले दिएको अभिव्यक्ति विवादमा परेपछि प्रतिपक्षी दल एमालेसहितले संसद् बैठकबाट प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् ।

प्रधानमन्त्रीले राजीनामा नगरेसम्म संसद् बैठक सञ्चालन गर्न नदिने उनीहरुले बताएका छन् ।

(विज्ञप्ति)

Yangle News

268 views