मन्त्रीपरिषद्ले पायो पूर्णता : जसपाबाट मन्त्री र राज्यमन्त्री नियुक्त

Yangle News
Yangle News
२०८० जेष्ठ ९ गते
मन्त्रीपरिषद्ले पायो पूर्णता  : जसपाबाट मन्त्री र राज्यमन्त्री नियुक्त

 

जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतो वन तथा वातावरणमन्त्रीमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वन तथा वातावरणमन्त्रीमा महतो र शिक्षा‚ विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा जसपाकै प्रमिला कुमारीलाई नियुक्त गरेका हुन् ।

धानमन्त्रीद्वारा गरिएको सिफारिसको आधारमा मंगलबार राष्ट्रपति पौडेलले उनीहरूलाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेर कार्यभार तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  योसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको मन्त्रीपरिषद्ले पूर्णता पाएको छ । अब मन्त्रीपरिषद्  २५ सदस्यीय भएको छ ।

(विजप्ति)

Yangle News

449 views