माइक्रो ब्लगिङ प्लाटफर्म ट्वीटरमा अबदेखि दुई घण्टा लामो भिडियो अपलोड गर्न मिल्ने भएको छ । कम्पनीका मालिक एलन मस्कले ट्वीटर किनेपछि विभिन्न फिचरहरु थप्दै लगेका छन् । यसबीच भिडियो सेयरिङको ‘टाइम लिमिट’ पनि बढाउन लागिएको हो ।
मस्कले ट्वीट गर्दै ८ जीबीसम्मका दुई घण्टा लामो भिडियो अपलोड गर्न मिल्ने बताएका हुन् । तर, यो फिचर ट्वीटरका ब्लु मार्क भेरिफाइड सब्स्क्राइबरहरुले मात्र पाउनेछन् । यस्ता भेरिफाइड सब्स्क्राइबरले यसअघि दुई जिबीसम्मको भिडियो राख्न पाउथे भने अब आठ जिबीको राख्न पाउने छन् । पहिले भिडियो अपलोड गर्न वेससाईटबाट मात्रै सम्भव थियो तर अब आइओएस एपबाट पनि सकिने भएको छ । अपलोड गरिएको भिडियोको क्वालिटि 1080p रहने बताइएको छ ।
गत डिसेम्बरमा लामा भिडियोहरु अपलोड गर्न सक्ने फिचर सुरु गरेको ट्वीटरले अहिले वेभमा प्लेब्याक स्पिड कन्ट्रोल फिचर पनि थपेको छ ।
मस्कले केही दिनअघि मात्रै नयाँ कार्यकारी प्रमुखले ट्वीटरको नेतृत्व गर्ने घोषणा गरेका थिए ।