केहि समययता धेरैलाई विदेशी नम्बरहरुबाट मोबाइलमा फोन आइरहेको छ । जसमा (+60) मलेसिया, (+ 99) अजरबैजान, (+62) भियतनाम देशहरुको कन्ट्री कोड भएका नम्बरहरु छन् । नेपालमा मात्र होइन यो समस्या भारतमा पनि उत्तिकै छ ।
भारतमा यस किसीमका स्पाम कल बारेका व्यापक गुनाँसो आउन थालेपछि ह्वाट्सएपले ब्याक इन्डलाई अझ राम्रो बनाउने काम भइरहेको जवाफ दिएको छ । कतिपय यस्ता फोनहरुबाट धम्क्याउने गरेको समेत प्रयोगकर्ताले गुनाँसो गरेका छन् । आर्टिफिसियल इन्टेलिजेन्स र मसिन लर्निङमा काम भइरहेको मेटाले जनाएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार ह्वाट्सएपले जारी गरेको विज्ञप्तीमा प्रयोगकर्ताको सुरक्षाको ग्यारेन्टी गर्न ह्वाट्सएप सधैँ अघि रहेको उल्लेख गरेको छ । उसले यस्ता कलहरुलाई ब्लक र रिपोर्ट गर्न पनि आग्रह गरेको छ । गलत नियत भएकाहरुबाट आफ्ना प्रयोगकर्तालाई बचाउन सबै तरिका अपनाउदै आए पनि त्यस्ता व्यक्तिले अनेक उपाय खोज्ने र स्पाम कल पनि गतल व्यक्तिहरुको काम भएको उसले बताएको छ । प्रयोगकर्ताको सुरक्षाका लागि लगातार काम भईरहेको ह्वाट्स्एपका प्रवक्ताले बताएका छन् ।
स्पाम कल आउनु त्यति ठूलो समस्या नभएको र स्पामर्सले मौका पाउनासाथ फाइदा उठाउने जनाकार बताउँछन् । भारतमा भने एउटा नम्बरबाट लगातार धेरै अथवा जथाभावी फोन गरे ट्र्याक हुने गर्छ । तर विश्वका कतिपय देशमा यस्तो कुनै बन्देज नहुने भएकाले ती देशहरुबाट यस्ता फोन आएको कम्प्युटर साइन्सका प्रोफेसर सुदर्शन अयन्गर बताउँछन् ।
डाइरेक्ट भन्दा ह्वाट्सएपमा एक देशबाट अर्को देशमा फोन गर्न सजिलो हुने भएकाले पनि यो दर बढि देखिएको उनले बताए । यसका साथै हामीले विभिन्न सुपरमार्केट, रेस्टुरेन्ट, तालिम लगायतका स्थानमा दिएको फोन नम्बर पनि कुनै माध्यमबाट उनीहरुसम्म पुग्ने हुँदा यस्ता कुरामा ख्याल गर्नुपर्ने विज्ञ बताउँछन् ।