राष्ट्रपति रामचन्द्र पौड्यालले भारतमा आफ्नो उपचारका क्रममा लागेको खर्च आफैले तिर्न चाहेको बताएका छन् ।
“उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयम्ले बेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ ।” राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
छातीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गराएका राष्ट्रपति पौडेल चिकित्सकहरुको सुझावमा वैशाख ६ मा भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचारका लागि गएका थिए । त्यहाँ ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आइतबार स्वदेश फर्किएका थिए ।
विज्ञप्ती