मन्त्री र उच्च तहका कर्मचारीअत्यावश्यक बाहेक विदेश भ्रमणमा जान नपाउने

Yangle News
Yangle News
२०७९ चैत्र १ गते
मन्त्री र उच्च तहका कर्मचारीअत्यावश्यक बाहेक विदेश भ्रमणमा जान नपाउने

सरकारले मन्त्री र उच्च पदस्थ कर्मचारीको अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा नियन्त्रण गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारी अबदेखि अतिआवश्यक अवस्थामाबाहेक वैदेशिक भ्रमणमा जान नपाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्  ।

बैठकले यती एयरको विमान दुर्घटना सम्बन्धी जाँच आयोगको म्याद ४५ दिन थप्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने निर्णय पनि गरेको मन्त्री शर्माले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएकी छन् ।

386 views