खर्च धान्न नसक्ने अवस्थाबाट पार पाउन विशेष योजना चाहिन्छ : अर्थविद् नेपाल

Yangle News
Yangle News
२०७९ फाल्गुन २९ गते
खर्च धान्न नसक्ने अवस्थाबाट पार पाउन विशेष योजना चाहिन्छ : अर्थविद् नेपाल

अर्थविद्  गोविन्द नेपालले मुलुक आफ्नो खर्च धान्नै नसक्ने चुनौतीमा रहेको बताएका छन् । उनले कर्मचारीलाई तलब बाँड्नेदेखि वृद्ध भत्तालगायत सामाजिक सुरक्षा वितरणमा समेत चुनौती देखिएककाले यसबाट बाहिर निस्कन विशेष योजना आवश्यक रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौंमा आयोजना गरेको “वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता” विषयक  कार्यक्रममा बोल्दै नेपालले पटक-पटक सत्ता गठबन्धन फेरिदा यसले अस्वस्थ अभ्यासलाई प्रश्रय दिने बताए । यसले सरकारको प्रभावलाई कमजोर बनाएको उनको तर्क थियो।

सार्वजनिक प्रशासनमा चेन अफ कमाण्डको अभावमा सरकारको डेलिभरीमै असर परेको बताउँदै नेपालले भौतिक पूर्वाधारमा गरिएको लगानीको रिटर्न ग्यारेन्टेदेखि पूर्ण उपयोगितामा ध्यान दिएर मात्रै निर्माण अघि बढाउनुपर्ने सुझाव दिए ।

नेपालको बढी व्यापार भारतसँग रहेकाले भारतीय रुपैयाँ नेपाल भित्र्याउनु पर्नेमा उनले बताए । व्यापार घाटा पनि भारतसँग बढी रहेकाले त्यसलाई कम गर्न सरकार लाग्नु पर्नेमा अर्थविद्  नेपालको जोड थियो ।

339 views