देश विकास गर्ने पालो युवा पुस्ताको हो: ओली

Yangle News
रासस
२०७९ कार्तिक ३० गते
देश विकास गर्ने पालो युवा पुस्ताको हो: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्ने बागडोर अब युवा पुस्ताको हुनुपर्ने बताएका छन्।

एउटै व्यक्तिले पटकपटक अवसर पाउँदा धेरै क्षेत्रमा प्रभावकारी ढङ्गले विकास हुन नसकेको उनले बताए।

अब युवापुस्तालाई विकास निर्माणमा लगाउन उपयोगी हुने उनको भनाइ थियो।

ललितपुर क्षेत्र नम्बर ३ को घरदैलो कार्यक्रममा मंगलबार ओलीले ललितपुर क्षेत्रमा अतियोग्य तथा अनुभवी व्यक्तिलाई उम्मेदवारका रूपमा खडा गरेको बताए।

उनले उक्त क्षेत्रमा युवापुस्ताको उल्लेख्य सहभागिता भएकोप्रति खुसीसमेत व्यक्त गरेका थिए।

339 views