स्पेनलाई हराउँदै जापान नकआउट चरणमा

Yangle News
Yangle News
२०७९ मंसिर १६ गते
स्पेनलाई हराउँदै जापान नकआउट चरणमा

एसियाली राष्ट्र जापानले पूर्व विश्वकप विजेता स्पेनलाई पराजित गर्दै फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ई को विजेता बनेको छ । खलिफा रंगशालामा विहीबार दोस्रो हाफमा सानदार पुनरागमन गर्दै जापान २-१ को जित दर्ता गर्न सफल रहयो ।

खालिफा अन्तराष्ट्रिय स्टेडियममा जापानलाई जित दिलाउन रित्सु डोन र एओ टानकाले एक एक गोल गरे । उता स्पेनका अल्भारो मोराटाले एक गोल फर्काए । स्पेनले खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा हार ब्यहोर्न पुगेको हो ।

Yangle News

खेलको ११ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए ।  सेजार एज्पिलीक्वेटाको क्रसमा अल्भारो मोराटाले हेडरमार्फत गोल गरे । उनले दुई डिफेन्डरको बिचमा उफ्रेर क्रससँग राम्रो सम्पर्क गर्दै स्पेनलाई अघि बढाए ।

दोस्रो हाफको सुरुवातमै जापानले लगातार गोल फर्कायो । लको ४८ औं मिनेटमा रित्सुले गोल गर्दै जापानलाई १–१ को बराबरीमा ल्याए ।

खेलको ५१ औं मिनेटमा टानकाले गोल गर्दै जापानलाई २–१ को जित दिलाए ।

यस नतिजासँगै जापान ६ अंकसहित समूहको शीर्षस्थानमा रहेर नकआउट चरण प्रवेश गरेको छ । स्पेन ४ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाउन सफल रहयो । जर्मनी ४ अंक जोडेपनि गोल अन्तरमा स्पेनभन्दा पछि रहयो । स्पेनको गोल अन्तर +६ तथा जर्मनी +१ मा रहयो । कोस्टारिका ३ अंकका साथ चौथो हुँदै बाहिरियो ।

317 views