सुनको भाउ बुधबार तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, मंगलबार छापावाल सुन तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ५ हजार ३ सय रुपैयाँ निर्धारण भएको थियो । यता, बुधबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ७० रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको भाउ १३ सय ६५ रुपैयाँ कायम रहेको थियो ।